विमान दुर्घटनामा पहिचान नभएका शव शिक्षण अस्पताल महाराजगन्ज पठाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०७९, सोमबार
1 Min Read
Aa

पोखरा –
पोखरामा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भएका ३८ जनाको शव पहिचान भएको छ । १६ महिला र २२ पुरुषको शव पहिचान भएको जानकारी दिएको छ । निधन भई पहिचान भएका व्यक्तिको शव केही समय पछि आफन्तलाई जिम्मा लगाइने तयारी भएको छ ।
केही शवको पहिचान भए पनि केहीको बाँकी रहकाले पहिचान कार्य सकिएपछि आफन्तलाई जिम्मा लगाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए । पहिचान हुन बाँकी शव भने काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाउने तयारी छ । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने उनले जानकारी दिए ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्