काठमाडौं–
बालुवाटामा नेपालका लागि चीनका नयाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सोमबार बिहान भेटवार्ता गरेका छन् । राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटको क्रममा उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीनको साथमा रहने बताए ।
प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद व्यक्त गर्दै आफ्नो तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्