काठमाडौं–
यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गर्न थालिएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा शव पोस्टमार्टम गर्न थालिएको जानकारी दिएको छ ।
सनाखत भएको शव पोस्टमार्टम गरेर अस्पतालबाटै आफन्तलाई जिम्मा लगाइने भएको छ । ‘सनाखत भएको शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाउने गरेको जानकारी दिएको हो । पहिचान भएका र विदेशीको शव काठमाडौँ ल्याइँदै छ । घटनास्थलबाट सङ्कलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । सङ्कलन गरिएको ३९ शव परुषको र २५ शव महिलाको पहिचान भएको जानकारी दिएको हो । समाचार तयार गर्दासम्म ६८ जनाको शव भेटिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । अहिलेसम्म २६ शवको सनाखत भएको छ ।
दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम हुँदै आफ्न्ताको जिम्मा लगाउने तयारी

प्रतिक्रिया दिनुहोस्