आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०७९, सोमबार
1 Min Read
Aa

२०७९ माघ २ गते साेमवार, २०२३ जनवरी १६

मेष

हातमा आएको रकम अरूका लागि खर्चनुपरे पनि समय मनोरञ्जनपूर्ण रहनेछ।

वृष

ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् र कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाएर लाभ लिन सकिनेछ।

मिथुन

अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला। काममा भने समय दिन नसकिएला।

कर्कट

कृषि तथा पशुपालनबाट पनि सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ।

सिंह

बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना थाल्न समस्या पर्नेछ।

कन्या

महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक पक्षमा ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर भने प्राप्त हुनेछ।

तुला

बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

वृश्चिक

समय लागे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ।

धनु

मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

मकर

आफ्नो कमजोरी बाहिरिनाले आलोचक बढ्न सक्छन्। स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ।

कुम्भ

 गोप्य रहस्य पत्ता लाग्नेछ भने अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

मीन

 नयाँ लगानीतर्फ भने जोखिम बढ्ने समय छ। गोपनीयतामा सजग रहनुहोला।

प्रतिक्रिया दिनुहोस्

Array