काठमाडौं–
पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात रहेको छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको जानकारी दिएको छ ।
उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए।
उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइने बताए। काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उनको भनाइ थियो। अप्ठेरा खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उनले जानकारी दिए।
यती एयर दुर्घटना:विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात

प्रतिक्रिया दिनुहोस्