यती एयर दुर्घटना: घटनास्थलबाट ३२ शव निकालियो, जीवितै भेट्ने सम्भावना कम भएको कास्कीका सीडीओको भनाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विमान दुर्घटना भएको स्थानबाट कसैलाई जीवित उद्धार गर्ने सम्भावना करिब सकिएको बताएका छन् । उनले अझै पनि उद्धार कार्य जारी रहेको तर कसैलाई पनि जीवित भेट्न नसकिएको जानकारी दिए ।
‘हालसम्म २०–२२ जनाको शव निकालिएको छ । आगलागी नियन्त्रणमा आएको छ तर तल विमान नदीको खोँचमा खसेका कारण उद्धारमा कठिनाइ भएको छ’, उनले भने, ‘ अवस्था भयावह छ । कसैलाई जीवित उद्धार गर्न सकिने सम्भावना देखिएको छैन । त्यै पनि हामी लागिपरेकै छौँ ।’

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्