आजको मौसम: हुस्सु र कुहिरोले जनजीवनमा असर पार्ने सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – देशका विभिन्न क्षेत्रमा आज पनि हुस्सु, कुहिरो र बादल लाग्ने भएको छ । जसले दैनिक जनजीवनमा असर पार्ने सम्भावना रहेको छ ।

प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेकोछ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू–भागमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेशलगायत  वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ ।

पहाड र हिमालका धेरै भू–भागमा, तराईका केही भू–भागमा बादल लागेर तथा तराईका थोरै क्षेत्रमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: