दिनमा एकचोटी सिंहदरबार कुनै हालतमा जान्छु: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनमा एकचोटी सिंहदरबार कुनै हालतमा जाने बताएका छन् । उद्घाटन र शिलान्यासको कार्यक्रममा जादा आफुलाई अफ्ठारो परेको बताए । उनले आफूले भन्नुपर्ने धेरै कुरा सरकारको न्यूनतम साझा कार्यक्रममा नै भनेको र अब काम गर्ने बताए । उद्घाटन र शिलान्यासमा जाँदा अन्य काम गर्न समस्या परेको र सकेसम्म नबोलदा राम्रो हुने पनि बताए । बालुवाटारमा आएर उद्घाटनको निम्तो दिएपछि नाइँ भन्न अप्ठेरो भएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले दिनमा एक पटक कुनै पनि हालतमा सिंहदरबार पुग्ने पनि बताए । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा नै नजाने र निवासमै धेरै समय बिताउने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array