चालु आर्थिक वर्षको पुसमा १५ वटा उद्योग दर्ता, वैदेशिक लगानीका ४ वटा दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० पुष २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं– चालु आर्थिक वर्षको पुस महिनामा ६ अर्बको लगानी प्रतिबद्धता भए सँगै दुईवटा मात्रै ठूला उद्योग दर्ता भएका छन् । उद्योग विभागमा दर्ता भएको १५ वटा उद्योगले पुस महिनामा ६ अर्ब १२ करोड ९९ लाख २६ हजार रुपैयाँको लगानी प्रतिबद्धता जनाएका हुन् ।
पुस महिनामा १५ वटा उद्योग दर्ता हुँदा अधिकांश साना उद्योग दर्ता भएका छन् । पुस महिनामा ८ वटा साना, ६ वटा मध्यम र २ वटा भने ठूला उद्योग दर्ता गरेका छन् ।

जसमा १ अर्ब ७६ करोड २९ लाख ८३ हजार रुपैयाँको संखुवासभा पावर डेभलेपमेन्ट प्रालि (सुपर सभाखोला ए जलविद्युत आयोजना) र १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ लगानीमा सुपर घलेम्दी हाइड्रो पावर प्रालि उद्योग दर्ता भएका छन् ।
दर्ता भएका उद्योगमध्ये ८ वटा उत्पादन क्षेत्रका उद्योग दर्ता भएका छन् भने, सेवा क्षेत्रका ३ वटा, जलविद्युत क्षेत्रका २ वटा र एक र एकवटा उद्योग एग्रो एण्ड फरेष्ट्री र पर्यटन क्षेत्रका उद्योग दर्ता भएका छन् ।

साथै, पुस महिनामा वैदेशिक लगानीका ४ वटा उद्योग दर्ता भएका छन् । जसमा ८ करोड रुपैयाँको भैरवी इन्टरनेशनल कार्गो प्रालि, २ करोड लगानीमा जिन्दुओ ज्वेलरी इण्डष्ट्रि प्रालि, ५ करोड रुपैयाँको होस्ट इन्टरनेशनल होटल प्रालि र ५ करोड रुपैयाँ लगानीमा झुफेङ्ग यान्ये इन्जिनियरिङ प्रालि उद्योग दर्ता गरिएको छ ।

त्यसैगरी, १३ करोड रुपैयाँ लगानीमा डिभाइन इण्डष्ट्रिज प्रालि, १५१५ करोड रुपैयाँमा ट्रान्स सिल्क टरमिनल्स र गुरु शिवटेक्सटायल इण्डष्ट्रिज प्रालि, २५ करोड रुपैयाँमा मध्यपश्चित फिड इण्डष्ट्रिज प्रालि, ३ करोड १५ लाख रुपैयाँमा बाराही एग्रेगेट बालुवा प्रशोधन उद्योग, १७ करोड लगानीमा विजार्ड फ्रेग्रेन्स इण्डष्ट्रिज, ४९ करोड २४ लाख रुपैयाँको सोना पोलिमर्स इण्डष्ट्रिज प्रालि, ४९ करोड १३ लाख रुपैयाँ लगानीमा जयहरी एग्रो प्रालि र ४३ करोड रुपैयाँ लगानीमा प्रेष्टिज भिनायल इण्डष्ट्रिज उद्योग दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: