मधेश प्रदेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल रायको उम्मेदवारी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डलले र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गरेका छन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ ।
एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् । मधेशको सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले लिने सहमति छ । प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा्र) तेस्रो र १३ सांसदसहित जनमत पार्टी चौथो छन् ।

प्रतिक्रिया दिनुहोस्

Array