बेपत्ता बालकको हत्या गरि गाडेको अवस्थामा लास फेला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० पुष २०७९, शनिबार
1 Min Read
Aa
हत्या

गत पुस १२ गतेदेखि बेपत्ता भएका डडेल्धुरा आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालकको हत्या गरि गाडेको अवस्थामा लास फेला परेको छ।

बेपत्ता ८ वर्षीय बालक भरत बोहराको शव खाल्डोमा गाडिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad image

पुस २७ गते एक स्थानीयले उनी बेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। त्यहि सूचनाका आधारमा प्रहरीले खोजि शुरु गरेको थियो ।

बालकको हत्या गरेर घटनाबारे जानकारी नहोस् भनेर शव गाडिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरी बताएको छ । हत्या किन र कसले गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक बालकका बाबु रोजगारीको शिलशिलामा भारतमा बस्दै आएका छन् । मृतक बालक ३४ वर्षीय आमा कल्मती बोहरा र ३१ वर्षीय सौतेनी आमा जानकी बोहरासँग बस्दै आएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्