सरकारमा लोसपा पनि सहभागी हुने, दुई वटा मन्त्रालय माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– अहिले बनेको सरकारमा लोकतान्त्रिक समाजवादी पाटी नेपाल (लोसपा) पनि सता साझेदार हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने निणर्य गरेको हो । प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरि सतासाझेदार गर्ने विषय टुङ्गाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको लोसपाले सरकारमा सहभागी हुनका लागि दुई वटा मन्त्रालय माग गरेको छ । तर लोसपालाई एउटा मन्त्रालय दिने सत्ता गठबन्धनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: