आज तोलामा ५ सयले बढ्यो सुनको मूल्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो। यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १३ सय ६० रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: