सरकारको चालु खाताको घाटामा सुधार, मुद्रास्फीति ७.३८ प्रतिशत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौं–

शोधनान्तर बचत ४५ अर्ब पुग्यो, सरकारको चालु खाताको घाटामा सुधार भएको छ । चालु वर्षको पाँच महिनामा शोधनान्तर बचत ४५ अर्ब ८७ करोडले बचतमा देखिएको हो। राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म २० अर्ब ३ करोड बचतमा रहेको शोधनान्तर मंसिर महिनामा २५ अर्ब ८५ करोडले वृद्धि भएको हो।
पोहोर यो अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा छ।

- Advertisement -
Ad imageAd image

यस्तै सरकारको चालु खाता घाटामा पनि केही कमी आएको छ। चालु वर्षको पाँच महिनामा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो।
आयात नियन्त्रण र रेमिट्यान्स वृद्धि हुँदा भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) को बचत पनि बढ्दै गएको छ । शोधनान्तर घाटा चुलिंदै जाँदा अर्थतन्त्र बाह्य क्षेत्रको दबाब र तरलता दबाबलाई कम गर्न भन्दै चालिका कसिलो नीति क्रमशः खुकुलो बन्दै जाँदा बाह्य क्षेत्रमा सुधार भएको तथ्यांकहरु पनि राष्ट्र बैंकले सार्वजनिक गर्दै गएको छ ।
शोधनान्तर स्थिति मात्रै नभएर चालु खातामा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको ५ महिनामै करिब ३ खर्बले घाटामा रहेको चालु खाात चालु आर्थिक वर्षको सोही अवधिमा करिब ३८ अर्बले मात्रै घाटामा रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको ५ महिनामा २९८ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ९१ करोडले मात्रै घाटामा रहेको छ ।

चालु आर्थिक वर्ष  २०७९र८० को पहिलो महिनाबाटै उच्च मुद्रास्फीति ब्यहोरेको मुलुकले पछिल्लो महिना भने नियन्त्रण उन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांक अनुसार मंसिर मसान्त भित्र मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । कात्तिक महिनासम्म मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

असोज मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । यसको तुलनामा मंसिरमा आउँदा मूल्यवृद्धिमा सुधार देखिएको हो । मंसिर मसान्तसम्म खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ ।

तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ६.५६ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.६४ प्रतिशतको मुद्रास्फीति रहेको देखिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्