ऊनको कपडाको हेरचाह कसरी गर्ने ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं–
ऊन आजभन्दा दश हजार वर्ष पहिले विश्वका विभिन्न देश र त्यहाँ बस्ने मानिसहरूले प्रयोगमा ल्याएका हुन् । वेदमा धार्मिक कार्यको समयमा ऊनी वस्त्रको वर्णन गरेको पाइन्छ, जसको मतलब त्यो समयमा पनि ऊनको प्रयोग गरिन्थ्यो भन्ने बुझिन्छ । ऊन विश्वको जुनसुकै कुनामा पनि प्रयोग गरिन्छ । प्राचीनकालमा ‘मेरिनो’ नामक भेंडाको प्रजातिलाई स्पेनमा लगिएको थियो । त्यतिबेला उच्च गुणस्तरको ऊन उत्पादनका लागि यो प्रजाति योग्य मानिन्थ्यो । ब्रिटेनमा स्वस्थ भेंडाको प्रजातिसँग ‘क्रस ब्रिड’ गराएर राम्रो ऊनवाला भेंडा तयार गरियो । त्यसैकारण विश्वमै ब्रिटेन ऊन उद्योगमा अग्रणी स्थान बनाउन सफल भएको हो । ऊनले विश्वको ‘फाइबर’ बजारमा ०।९ प्रतिशत हिस्सा ओगटेको छ । अर्जेटिना, न्युजिल्यान्ड, भारत, चीन, दक्षिण अफ्रिका, ब्रिटेन ऊन उत्पादन गर्ने प्रमुख देश हुन् ।

ऊनीको हेरचाह

– ऊनी कपडा लामो समयसम्म टिकाउन सधैं हल्का मनतातो पानीले धुनुपर्छ ।

– धुँदा ‘माइल्ड डिटर्जेन्ट’को प्रयोग गर्नुपर्छ । यसले कपडा ‘ड्यामेज’ हुने खतरा हुँदैन ।

– स्वेटरलाई तारमा झुन्डाएर सुकाउनु हुँदैन । यसले स्वेटर तन्किन्छ र आकार बिग्रन्छ । त्यसैले समतल ठाउँमा सुकाउनुपर्छ ।

– स्वेटर हल्का निचोरेर सुकाउनुपर्छ । बेस्सरी निचोर्नु हुँदैन ।

– हातले धुन मिल्ने ऊनीका कपडामात्र हातले धुने । ‘ड्राइक्लिन’को प्रयोग गर्नुपर्ने कपडा हातले नधुने ।

– ऊनीका कपडा उल्टै धोएर उल्टै बनाएर सुकाउनुपर्छ ।

– पखाल्दा अन्तिमको पानीमा केही थोपा ‘ग्लिसिरिन’ मिसाएर पखाल्ने यसले कपडा चमक उस्तै राख्न सघाउँछ ।

– ऊनीको कपडा आइरन गर्दा ‘स्टिम आइरन’ को प्रयोग गर्ने । आइरनको सहायताले पूरै स्वेटर सुकाउने प्रयास गर्नुहुँदैन । साथै आइरन गर्दा स्वेटर उल्टो बनाउन बिर्सनुहुँदैन ।

– स्वेटरसुख्खा ठाउँमा राख्नुपर्छ ।

– समय–समयमा ऊनीका कपडालाई घाममा राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: