मिथिला लघुवित्तको १५.७८ प्रतिशत लाभांश प्रस्ताव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
मिथिला लघुवित्तले लगानीकर्तालाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा कम रहेको जानकारी दिइएको छ । लघुवित्त सञ्चालक समितिको बिहीबार भएको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । लघुवित्तले आर्थिक वर्ष २०७७÷७८ मा लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश गरी २६.३१ प्रतिशत लाभांश वितरण गरेको थियो।
प्रस्तावित लाभांशमध्ये चुक्ता पुँजीको १५ प्रतिशत हुने २ करोड ५५ लाख ६५ हजार बराबरको बोनस सेयर वितरण गरिने छ । यस्तै बोनस सेयर कर प्रयोजनका लागि लघुवित्तले पुँजीको ०.७८ प्रतिशतले हुन आउने १३ लाख ४५ हजार बराबरको नगद लाभांश वितरण गर्न लागेको हो। धनुषाको ढल्केवर केन्द्रिय कार्यालय रहेको लघुवित्तको हालको चुक्ता पुँजी १७ करोड ४ लाख रहेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदनपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array