गण्डकी र प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी भएको छ । अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उहाँलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२ं बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रदेश १ मा पुस २४ गते नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा र जसपाका ६० सांसदको समर्थनमा मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले पनि आज विश्वासको मत लिँदै छन् । प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । त्यसको बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि तय भएको छ । उक्त बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । आजकै बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस हुनेछ ।
मुख्यमन्त्रीमा नियुक्ति भएसँगै कार्कीले २५ गते नै शपथग्रहण गर्दै सानो आकारको मन्त्रीमण्डल विस्तार समेत गरेका थिए । आजै विश्वासको मत लिनु अगाडि कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने बताइएको छ । यसअघि एमालेका तिलकुमार मेन्यांबो, राप्रपाका भक्ति प्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरे पनि मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array