रूसद्वारा ३६ बेलायती अधिकारीलाई प्रवेशमा प्रतिबन्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – रूस र बेलायतबीचको कूटनीतिक तनावका कारण ३६ जना बेलायती नागरिकलाई रूस प्रवेशमा रोक लगाइएको रुसी विदेश मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रूसले कालोसूचीमा राखेका बेलायती अधिकारीमध्ये मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकायका प्रतिनिधि र पत्रकारसमेत रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रूसलाई बदनाम गर्न र अन्तर्राष्ट्रिय जगत्मा यसलाई एक्ल्याउनका लागि व्यक्तिगत प्रतिबन्धको सक्रिय प्रयोग र सघन प्रचार अभियान सञ्चालन गरेको भन्दै मस्कोले बेलायत सरकारको आलोचनासमेत गरेको छ ।

“जानीजानी रचनात्मक संवादलाई अस्वीकार गर्दै लण्डनले टकरावको नीतिलाई निरन्तरता दिइरहेको र वासिङ्टनसँगको सहकार्यमा रूसको बारेमा गलत सूचना फैलाउने काम गरिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array