काठमाडौं– उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखमा फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत रहँदै आएका थिए ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा र काठमाडौं प्रहरी प्रमुख बोहोरा सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्साल सरुवा भएका छन् । उनीहरूले २२ असारमा काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए ।
काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिए

प्रतिक्रिया दिनुहोस्