काठमाडौं–
बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकले सभामुख पदका लागि निर्वाचन गराएकोमा एक मत बदर हुँदा सत्तापक्षका भीम भण्डारी सभामुख हुन पाएनन् । अर्को बैठक शुक्रबार बिहान ११ बजेलाई डाकिएको जानकारी दिएको छ ।
प्रतिपक्ष दल कांग्रेसका मानबहादुर रावल र सत्ता पक्षका तर्फबाट माओवादीका भीम भण्डारीले सभामुख पदका लागि मनोनयन दर्ता गराएका थिए।
सुदूरपश्चिममा हाल कायम सम्पूर्ण प्रदेश सभा सदस्यको संख्या ५३ जना छ। सभामुख हुन उम्मेदवारले कम्तीमा २७ मत ल्याउनुपर्छ। बिहीबार सभामा निर्वाचन हुँदा सुरूमा कांग्रेसका रावलले २३ मत र भण्डारीले २७ मत पाएका थिए।
दोस्रो प्रस्तावका रूपमा माओवादीका भण्डारीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २६, विपक्षमा २३ र एक मत बदर भयो।
सभाको अध्यक्षता गरिरहेका शिवराज भट्टले एक जना सांसदले उम्मेदवार बाहेकको नाम रहेको कोठामा मत दिएकाले गणना नभएको सभामा जानकारी गराए।
सुदूरपश्चिम प्रदेशमा एक मत बदर हुँदा भीम भण्डारी सभामुख हुन पाएनन्

प्रतिक्रिया दिनुहोस्