अख्तियारका पूर्वआयुक्त पाठक र इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने दोषी ठहर, तीन बर्ष कैद

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

भ्रष्टाचार हेर्ने संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई भ्रष्टाचारको अभियोगमा भ्रष्टाचार सम्वन्धि मुद्दा हेर्ने विशेष अदालतले ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यो फैसला गरेको हो ।

- Advertisement -
Ad imageAd image

नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग ७८ घुस  मागेको अडियो सार्वजनिक भएको थियो ।

अख्तियारको आयुक्त भएर पनि घुस लिएकाले पाठकलाई थप ३ महिना कैद सजायको फैसला गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्