सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश, भोलि छुट्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

नाबालिगलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई  अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । आज उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो  ।

जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । बिहीबार सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।

- Advertisement -
Ad image

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्