प्रधानमन्त्री प्रचण्ड र जर्मनीका राजदूत प्रिन्जबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । सिंहदरवारमा प्रधानमन्त्री दाहाल र राजदूत प्रिन्जबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

- Advertisement -
Ad image

प्रधानमन्त्री नियुक्त भएपछि भारत, चीन, अमेरिकालगायतका राजदूतहरूले प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्