बागमती प्रदेशको सभामुखमा नेमकिपाकी सिर्जना सायजुको उम्मेदवारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

हेटौंडा – बागमती प्रदेशको सभामुखमा नेपाल मजदुर किसान पार्टीकी सिर्जना सायजुले उम्मेदवारी दर्ता गराएकी छन् । उनले नेपालको संविधानको धारा १८२ एवं प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेशसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र राज गोसाई र समर्थकमा गीता काफ्ले रहेका छन् । ११० सदस्यीय प्रदेश सभामा बहुमत ल्याउन ५६ सांसदको आवश्यकता पर्छ । कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एसका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्