घनश्यामलाई एकीकृत समाजवादीले पठायो स्वागत पत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले नेकपा एमाले त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ।

भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए।

- Advertisement -
Ad image

उनले भने, ‘घनश्याम भुसाललाई हामीले उहाँले उठाएका सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुने गरी पत्र पठाएका छौँ। उहाँलाई हामीले स्वागत पत्र पठाएका हौँ ।’

भुसाललाई समाजवादीले बुधबार अपराह्न पत्र पठाएको हो। भुसाल एक–दुई दिनमै समाजवादीमा जाने तयारी गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्