छिमेक लघुवित्तको लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर र नगद गरी कुल २५.२६प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.२६प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array