लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका तीन मुख्यमन्त्रीको शपथग्रहण आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – आज एकै दिन तीनवटा प्रदेशका मुख्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिँदैछन् ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिने तयारी भइरहेको हो ।

बुधबार लुम्बिनीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी, कर्णाली प्रदेशमा माओवादीका राजकुमार शर्मा र सुदूपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनीहरुले शपथपछि आजै सानो आकारको मन्त्रिमण्डलसमेत विस्तार गर्ने तयारी गरेका छन् ।

लुम्बिनीका मुख्यमन्त्रीमा नियुक्त हुँदा लिला गिरीले माओवादीसहितका सत्तापक्षका दलहरुले समर्थन गरेका थिए । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे प्रदेश राजधानी राप्ती उपत्यकामा शपथ गराउने भएका हुन् ।

त्यस्तै कर्णलीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा पनि माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन ।

उनले पनि आजै पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ गराउनेछन् ।

त्यस्तैगरी सुदूपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले पनि दिउँसो ४ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

उनी माओवादीसहति नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array