आजको मौसम: तराईमा हुस्सु, उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईमा हुस्सु लागेको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको प्रक्षेपण छ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: