छड्के–२ को गीतमा र्‍यापर भिटेनको स्वर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – फागुन १९ गतेबाट रिलिज हुने चलचित्र ‘छड्के–२’को गीतमा चर्चित र्‍यापर भिटेनले स्वर भरेका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको गीतमा भिटेनले स्वर दिएका हुन् ।

गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफूहरूले भिटेनको गीत सिनेमामा समावेश गरेको निर्माता प्रशान्त गिरीले जानकारी दिए । चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् ।

ग्याङस्टर जनरामा निर्माण भएको चलचित्र निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको हो । अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।

चलचित्र चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array