लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

गिरी लुम्बिनीका चौथो मुख्यमन्त्री बनेका छन् । लुम्बिनीमा यसअघि शंकर पोखरेल दुईपटक र कुलप्रसाद केसी एकपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्