मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् ।प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख मिश्रले आह्वान गरेको समय सीमाभन्दा पहिला जसपाका नेता यादवले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

- Advertisement -
Ad image

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । यादवलाई नेकपा एमाले,माओवादी केन्द्र, जनमत,राप्रपा,नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थनसहित दाबी पेश गरेका हुन् ।

यसका अतिरिक्त स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाइ समर्थन रह्यो । सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३,जनमत पार्टीको १३,माओवादी केन्द्रको ७,राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको १-१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कुल ६३ जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्