काठमाडौं – नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको छ । धितोपत्र बोर्डले ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचीकृत कम्पनी संस्थाको सन्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको हो ।
न्यौपानेले सचूीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेको भन्दै कारबाही गरेको बोर्डको भनाई छ ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ मा भएको प्रावधान अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना समेत गरेको छ । यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ दफा १०८ अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको १० वर्ष अवधि पूरा नभएसम्म कुनै पनि सूचीकृत कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्