प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा खस्यो २६८ मत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मङ्गलवार संसदमा विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन् भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन्।

- Advertisement -
Ad imageAd image

आजको बैठकमा २७० सांसद उपस्थित थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्