संसद विघटन सही थियो वा थिएन अहिले सत्ता साझेदारभित्रको विषय होइन: प्रम प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७७ र २०७८ मा एक एक पटक भएको संसद विघटन अब सरोकारको विषय नरहेको बताएका छन्।

मंगलबार संसद बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

- Advertisement -
Ad imageAd image

‘संसद विघटन सही या गलत थियो भन्ने हाम्रो गठबन्धनको सरोकार होइन’, उनले भने, ‘हामीले जतिबेला संविधनसभाबाट संविधान बनयाौँ। त्यसबेला विगतका विघटनका अनुभव पनि ख्याल गरेकै हो।’

उनले आउने दिनमा सदनलाई सर्वोपरि बनाउने कुरामा सहमति नै रहेको पनि बताए। ‘२०७२ को संविधान परिमार्जन नहुँदासम्मत त्यसैअनुसार अघि बढ्न तयार छौँ’, उनले भने, ‘संविधानको भावनाभन्दा दायाँबायाँ गर्ने छुट हामीलाई छैन। अहिले हाम्रो सरकारलाई असाधारण समर्थनको अवस्था देखिएको छ। यो हाम्रा लागि चुनौती र अवसर दुवै हो।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्