नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनलाई कहिले पनि संवैधानिक भन्न नसकिने बताएका छन्।
नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै संसद विघटन वैधानिक हुनै नसक्ने बताए। ‘प्रधानमन्त्री पद जोगाउनै पर्यो भन्ने होला भनेको त, तर हामी अब त्यस्तो गोलचक्करमा नफसौँ। प्रधानमन्त्रीलाई आफूखुसी संसद विघटन गर्ने अधिकार छैन। सर्वोच्च अदालतले भनिसकेपछि पनि अझै स्वर ठूलोको अर्थ छैन।’
उनले संसद विघटन गर्न पाइँदैन भन्ने प्रबन्ध हाम्रो संविधानमा भइसकेको पनि बताए। ‘अर्को सरकार बनाउने विकल्प हुन्जेल कसैको लहडको भरमा संसद विघटन गर्न पाइँदैन’, उनले भने, ‘संसद विघटन गलत थियो, त्यो प्रतिगामी कदम नै हो। महसुस त हुनुपर्यो महसुस छैन।’


प्रतिक्रिया दिनुहोस्