माधव नेपालद्वारा रेशम चौधरीको रिहाइको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइको माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सन्दर्भमा मङ्गलवार संसद बैठकलाई सम्बोधन गर्दै उनले रेशम चौधरीलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।

‘टिकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्चतम प्राथमिकता दिएर उहाँलाई रिहाइ गर्न ध्यान जाओस्,’ उनले भने ।

२०७२ भदौमा टीकापुरमा भएको थारु आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएको थियो । सो घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

Array