गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासको मत लिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीले पुस २९ गतेको प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।

अधिकारी सोमबार मात्रै संविधानको धारा १६८(२) बमोजिम ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

गण्डकीमा पुस २९ गते प्रदेशसभा बैठक बस्दै छ । सोही बैठकमा नै उनले विश्वासको मत लिने भएका हुन् ।

 विश्वासको मत लिने कार्यसूची तय गरिदिन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array