संसद विघटनको गुरु देउवा हुन, २०५८ मा संसद विघटन गर्दा मैले मात्रै समर्थन गरे: केपी ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा नै संसद विघटनको गुरु रहेको बताएका छन्।

मङ्गलवार संसदमा बोल्दै ओलीले संसद विघटनको गुरु देउवा नै रहेको बताएका हुन्। राजनीतिक घटनाक्रमलाई आफू अनुकूल व्याख्या गर्न नहुने ओलीको भनाइ छ।

- Advertisement -
Ad imageAd image

‘१५ सालमा बनेको संसद्लाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् म होइन। २०४८ को संसद्लाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने काँग्रेस हो म होइन। गुरुजी, आफूले कति पटक संसद विघटन गरियो। मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईँले होइन,’ उनले भने।

देउवाले त्यस बेला संसद विघटन गर्दा सबैले विरोध जनाए पनि आफूले मात्रै समर्थन गरेको ओलीको भनाइ थियो। संसद विघटन गरेर जनताका जाने काम प्रतिगमन नभएको उनले दोहोर्‍याए।

यसअघि विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा बोल्दै सभापति देउवाले सोमबार ओलीले संसदमा गरेको सम्बोधनप्रति ध्यानाकर्षण भएको बताएका थिए।

‘संसद विघटनको सवालमा केपी ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ। उहाँको बोलीपछि संविधानको रक्षाका लागि खरो रूपमा उभिने बेला आएको छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्ड पनि संविधानको रक्षाका लागि खरो रूपमा उभिने विश्वास रहेको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्