ओलीको कटाक्ष: कांग्रेसको समर्थन जाल हो भने माछा नभएको खोलामा जाल फ्याँके जस्तो हो, केही पाउँदैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले सरकारलाई समर्थन गर्ने कुनै जालझेल होइने भने कांग्रेसको निर्णयलाई स्वागत गर्ने बताए।

- Advertisement -
Ad imageAd image

तर, यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको ओलीको भनाइ छ। उनले कांग्रेसले केही नपाउने पनि दाबी गरे।

‘कांग्रेसले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ। यो जाल होइन भने स्वागतयोग्य छ,’ अध्यक्ष ओलीले भने, ‘यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको हुनेछ।’ सरकारलाई समर्थन गरेको कांग्रेस पनि सत्तापक्ष रहेको ओलीको बुझाइ छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: