जनता राजनीतिक दलसँग असन्तुष्टि छन, स्वीकार गरेर विश्वासको मत माग्दै छु: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५० लाख जनता मुख्य राजनीतिक दलसँग असन्तुष्ट छन् भन्ने कुरा स्वीकार गर्दै त्यो असन्तुष्टि हटाउन विश्वासको मत मागेका छन् ।

संसद्को रोष्ट्रममा उभिएर उनले जनताको असन्तुष्टि छ भन्ने कुरा लुकाएर होइन स्वीकार गरेर असन्तुष्टि हटाउन आफूले विश्वासको मत मागेको बताए ।

“५० लाख मानिस हामीसँग असन्तुष्ट छन् भन्ने कुरा लुकाएर होइन । मानिसहरू हामीसँग असन्तुष्टि छ र त्यसमा सुधार गर्नुपर्छ भनेर विश्वासको मत माग्दै छु,” प्रचण्डले भने, “हामीले समस्या लुकाएर होइन समस्यालाई स्वीकार गर्दै त्यसको समाधान खोज्नुपर्छ ।”

उनले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आशातीत काम गर्न नसक्नु र सेवा प्रभावहरूलाई जनतामैत्री बनाउन नसक्ने कारणले जनतामा असन्तुष्टि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array