सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार छु: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको बताएका छन् ।

मङ्गलवार प्रतिनिधिसभामा विश्वासको प्रस्ताव पेस गर्दै दाहालले आफू निषेध, अपमान र प्रतिशोधका आधारमा अगाडि नबढी सहमति र सहकार्यका आधारमा चल्ने बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पसहित आफूले विश्वासको मत मागेको पनि उनले बताए । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरू वाम-लोकतान्त्रिक शक्तिकै सहकार्यमा भएको पनि उनको भनाइ छ ।

दुवै धारका शक्तिहरू मिल्दा देश अगाडि बढेको पनि उनले बताए । दुई ध्रुवका शक्तिहरू नमिल्दा देश सङ्कटमा पुगेको उल्लेख गर्दै उनले सहमतिकै आधारमा राजनीति अगाडि बढ्नुपर्ने बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्