घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्न उनले प्रस्ताव समेत बुझाएको बताइएको छ । भुसाल मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार उठेर एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । भुसाल एक÷दुई दिनभित्र एकीकृत समाजवादीमा आबद्ध हुन प्रस्ताव पेस गरेका हुन् ।
‘उहाँ १ र २ दिनमा एकीकृत समाजवादीमा आबद्ध हुनसक्ने समाजवादिका नेताहरु बताउँछन् । यसबारे कुराकानी भइसकेको पनि उनीहरुले जानकारी दिए । उनी पार्टीको सचिवालयमा रहेर काम गर्ने विषयमा कुराकानी भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array