बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन कार्यदल गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
कार्यदललाई बागमती प्रदेशमा आवश्यक अनुसार मात्र मन्त्रालय राख्नका लागि सिफारिस गर्न १५ दिनको समय दिएको छ । पाँच सदस्यीय कार्यदलमा आर्थिक मामला तथा योजना सचिव, आन्तरिक मामिला तथा कानून सचिव, मुख्यमन्त्री कार्यालयका कानून सचिव र मुख्यमन्त्री कार्यालयका प्रशासन महाशाखा सचिव रहेका छन् ।
यसैगरी पुस मसान्तभित्र संघीय सरकारमा पठाउनुपर्ने विशेष र समपुरक आयोजनाका सम्बन्धमा पनि निर्णय गरिएको उनलेबताए ।
पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । चार राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि ‘झ्याल झ्यालमा मन्त्रालयको बोर्ड टाँगियो’ भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै जमकट्टेलले सोमबार बागमतीमा बढीमा ११ मन्त्रालय हुने बताएका थिए । उनी आफ्नो मन्त्रिपरिषदमा राज्यमन्त्री नराख्ने मनस्थितिमा छन् ।

प्रतिक्रिया दिनुहोस्

Array