काठमाडौं– नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको आशङ्कामा अहिलेसम्म ४० जना भन्दा धेरै खेलाडी र अफिसियलहरुसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सोधपुछ गरेको छ । सिआईबीका एआईजी उत्तमराज सुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टस्का सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशङ्का गरिएको छ । क्रिकेट मैदानमा अनुसन्धान अधिकृतहरूलाई पठाएर पनि निगरानी गरिएको एआईजी सुवेदीले बताए । उनी भन्छन्–‘फिल्डमा नाङ्गो आँखाले हेरेर पनि अनुसन्धान गर्न पठायौँ, अहिलेसम्मको अनुसन्धानबाट स्पट फिक्सिङको आशङ्का गरेका छौँ ।’
प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार रहेको सिआईबीले बताएको छ । भारत घर भएका जतिनले काठमाडौँ छाडेको हुन सक्ने बताइएको छ । अनुसन्धान चलिरहँदा जतिनले भारतबाट नेपाल क्रिकेट संघलाई १ करोड रुपैयाँ पठाएको खुलेको छ ।
भारतीय नागरिक अहलुवालिया र उनको कम्पनीको आम्दानीको स्रोत नदेखिए पनि लिग व्यवस्थापनको जिम्मा लिएर फिक्सिङ गरेरै पैसा तिर्ने नियत राखेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई पनि सोधपुछ गरेको छ । लिग खेलिरहेका आदिल अन्सारी र क्यानको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग पनि प्रहरीले फिक्सिङबारे सोधपुछ गरेको छ ।
पूर्व क्रिकेटर पारस खड्का र विनोद दाससँग पनि सहयोग लिएर अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । उनले भने–‘आईसीसीको एन्टी करप्सन अफिसियलसँग पनि सहयोग लिएर अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।
१ लाख देखि ५ लाखसम्म लिएर स्पट फिक्सिङ गरेको देखिएको रकम खेलाडीहरूको खातामा जम्मा भएको देखिएको प्रहरीको भनाई छ । का छौँ ।’
क्रिकेटमा ‘फिक्सिङ’ आशङ्कामा ४० भन्दा धेरै खेलाडी र अफिसियलहरुसँग सोधपुछ

प्रतिक्रिया दिनुहोस्