काठमाडौं–
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई निधारर्ण गर्ने भनिएकोमा दिउँसो १ बजेलाई सारिएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेसको बैठक जारी रहेकाले बैठक सारिएको बताइन्छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न नसकेको काङ्ग्रेसका युवा नेताहरुले बताएका छन् । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने बैठक जारी राखेको हो । आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।
कांग्रेसको प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारे बैठक जारी, संसद बैठक १ बजेलाई सर्यो

प्रतिक्रिया दिनुहोस्