वेल्सका कप्तान बेलद्वारा सन्यास घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

बेलले सामाजिक संजालबाट सन्यासको घोषणा गरेका हुन् ।

‘होसियार र सोचविचार गरेर मैले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यासको घोषणा गर्दछु’, उनले भनेका छन् ।

बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् ।

साउथह्याम्पटनबाट व्यवसायिक फुटबलको थालनी गरेका बेलाल्ले टोटेनहम र रियल मड्रिडबाट खेलेका थिए ।

पछिल्लो पटक उनले अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेलेका थिए ।

कतार विश्वकपमा बेलले वेल्सको नेतृत्व गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्