काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिनछिनमा सरकार परिवर्तन होस् भन्ने आफ्नो चाहना नभएको बताएका छन् ।
मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायीत्वको आवश्यकता रहेको बताए ।
समाजवादको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सम्वृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । भष्ट्राचार नै मुलुकको सबैभन्दा ठूलो समस्या भएको नेपालले बताए ।


प्रतिक्रिया दिनुहोस्