जसपा संसदीय दलको नेतामा लालबाबु राउत र रामसरोज यादवको उम्मेदवारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेता बन्न दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार जसपा प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री लाल बाबु राउत र निवर्तमान सभामुख रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

लालबाबु राउतको प्रस्तावक सिंहासन साह कलवार र समर्थक शेख अब्दुल कलाम आजाद छन् । यादवको प्रस्तावक ललिता दास र समर्थक सहिदा खातुन छन् ।

- Advertisement -
Ad image

निर्वाचन समितिले सहमतिमा दलको नेता चयन गर्न नसकेपछि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नेता छान्ने जिम्मेवारी दिएको थियो । मधेसमा जसपाको १६ सांसद छन् । जसमध्ये बिन्दुकुमारी यादव देश बाहिर छन् । निर्वाचन समितिले १५ जना मात्रै मतदान गर्न पाउने निर्णय गरेका छन् ।

आज दिउँसो ३ः३० सम्म उम्मेदवारी फिर्ताको समय राखिएको छ भने ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर ५ बजेदेखि मतदान हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ । त्यसपछि नतिजा प्रकाशन हुने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्