सुन तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँ पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – सुनको भाउ बढ्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय aरुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । यसअघि गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: