अर्थ मन्त्रालय र राष्ट्र बैङ्कको समन्वयमा समस्या समाधानको काम भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कको समन्वयमा सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका छन्।

बैङ्क अफ काठमान्डु र ग्लोबल आइएमई बैङ्कबिच मर्जरपछिको एकीकृत कारोबारको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब डिजिटल र नवप्रवर्द्वनमा सहज गराउने अभियानमा लाग्न आग्रह गरेका छन्।

- Advertisement -
Ad image

अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्बन्धी गरिएको उनले बताए।

निजी क्षेत्रका चासो र माग सम्बोधन गर्न अर्थ मन्त्रालय र राष्ट्र बैङ्कसँग हालै छलफल गरेको उनले बताए। प्रधानमन्त्रीले मर्जरले ठुला परियोजनामा अब वित्तीय लगानी जुटाउन सहज हुने आशा व्यक्त गरेका छन्।

युवालाई रोजगारी र उद्योगका क्षेत्रमा सहयोग गर्न उनको आग्रह छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्